चलचित्र विकास बोर्डमा अनुपम बर्वेको लेखन तथा निर्देशन कार्यशाला

काठमाडौँ- चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशनमा तीन दिने निशुल्क कार्यशाला आयोजना गर्ने भएको छ । भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा आगामी चैत्र ३ देखि ५ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो ।
चलचित्र विकास बोर्डको हलमा हुने कार्यशाला दैनिक बिहान १०:३० बजेदेखि दिउसो ३:३० बजेसम्म सञ्चालन हुनेछ । कार्यशालामा सहभागिता जनाउन बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा रहेको फारम भर्नुपर्ने हुन्छ ।
अनुपम बर्वे भारतको पुणे स्थित चलचित्र र थिएटर निर्देशक र चलचित्र शिक्षक हुन् । उनि पछिल्लो समय एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)मा फिल्म निर्देशनको एसोसिएट प्रोफेसर रहेका थिए । उनले पुणे विश्वविद्यालयबाट बीए (पर्फमिङ्ग आर्ट) र लण्डनको वेस्टमिन्स्टर विश्वविद्यालयबाट एमए (फिल्म तथा टेलिभिजन निर्देशन) गरेका छन्।
उनी हाल यास्मिना रेजाको टोनी अवार्ड जितेको ब्ल्याक कमेडी ‘गड अफ कार्नेज’को मराठी रूपान्तरण नाटक ‘उछाड’को निर्देशनमा व्यस्त छन् । उनले मानसिक स्वास्थ्यमा आधारित ‘गोष्ट अहे पृथ्वीमोलाची’ नामक श्रृंखालाको ६ भागको निर्माण तथा निर्देशन गरेका छन् । उनले कामुकता र आत्म-प्रभावकारिता वरपरका कथाहरूमा आधारित 'सेफ जर्नीज' शीर्षकमा आठ भागको वेब सिरिजको निर्माण र निर्देशन पनि गरेका छन् ।
उनले निर्देशन गरेका फिल्महरुले लण्डन एशियन फिल्म फेस्टिभल, न्यूयोर्क इन्डियन फिल्म फेस्टिभल र लुम्स फिल्म फेस्टिभल, लाहोर जस्ता विश्वभरका फिल्म फेस्टिभल र प्रतियोगिताहरूमा प्रशंसा पाएका छन् । उनको फिल्म 'फ्रेस सुसाइड' ले गोवाको आएएफएफआईमा गोल्डेन पाम ट्री अवार्डको लागि मनोनयनमा परेको थियो र अन्य केहि फेस्टिभलहरुमा विभिन्न पुरस्कार जितेको छ । फिल्म ‘सो ह्वाट’बाट उनले स्मिता पाटिल फिल्म फेस्टिभल, पुणेमा उत्कृष्ट निर्देशकको अवार्ड पनि जितेका छन् ।
साथै, अमिताभ घोषको उपन्यासको रूपान्तरण गरि उनले बनाएको फिचर फिल्म 'द स्याडो लाइन्स' ले सन् २०१२ मा भेनिस फिल्म फेस्टिभल र इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डियामा आयोजित एनएफडीसीको पटकथा लेखकहरूको प्रयोगशालामा छनौटमा परेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया