दक्षिण भारतका फिल्ममा बलिउड अभिनेत्रीको माग, कसैलाई १० करोड त कसैलाई ५ करोड

मुम्बई - ‘बाहुबली’, ‘पुष्पा’ र ‘केजीएफ’को हिन्दी भर्जनको सफलताले दक्षिण भारतका निर्माता थप व्यापारका लागि बलिउड अभिनेता अभिनेत्रीलाई फिल्ममा राख्न थालेका छन् । यसैगरी दक्षिण भारतकै फिल्ममा बलिउड अभिनेत्रीको पनि बेग्लै माग हुन थालेको छ । यसैको फाइदा उठाउँदै बलिउड अभिनेत्रीले आफ्नो पारिश्रमिक तेब्बर बनाएका छन् ।
खबरअनुसार पछिल्लो समय बलिउडका तीन अभिनेत्रीले दक्षिण भारतका तीन फिल्म साइन गरेका छन् । जसमा दीपिका पादुकोनको ‘प्रोजेक्ट के’, जान्हवी कपुरको ‘एनटीआर ३०’ र कियारा आडवानीको ‘आरसी १५’ रहेका छन् ।
प्रभास, अभिताभ बच्चन र दिशा पटानीको समेत मुख्य भूमिका रहेको ‘प्रोजेक्ट के’का लागि दीपिकाले १० करोड रुपैयाँ लिएको चर्चा छ । यसैगरी ‘एनटीआर ३०’बाट दक्षिण भारतमा डेब्यू गर्न लागेकी जान्हवी कपुरले यो फिल्ममा ५ करोड लिएको खबर छ । जुनिएर एनटीआरको मुख्य भूमिका रहने यो फिल्मको निर्माण टिमले केही दिनअघि उनको फस्टलुक सार्वजनिक गरेको थियो ।
भर्खरै सिद्धार्थ मल्होत्रासँग विवाह गरेकी कियारा आडवानी पनि दक्षिण भारतमा महंगो अभिनेत्रीको दौडमा सामेल भएकी छिन् । तेलगु बुलेटिनका अनुसार कियाराले ‘आरसी १५’का लागि ४ करोड रुपैयाँ लिएकी छिन् ।दक्षिण भारतका अभिनेत्रीले एउटा फिल्ममा काम गरेवापत बढीमा १ करोडदेखि ३ करोडसम्म पाउने गरेका छन् । तर बलिउडका अभिनेत्रीलाई भने निर्माताले तीन गुणा बढी रकम तिरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया