सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

आइएमई गर्दा कसरी जित्‍ने आइफोन १४ प्रो र सुन ?

काठमाडौँ- आइएमई ग्रुपद्वारा सञ्‍चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई  पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको 'सेन्ड मनी अनलाइन एन्ड विन बिग' क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।

विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनी कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल www.unimoni.qa मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले IPHONE 14 PRO, ५ जना विजेताले SAMSUNG GALAXY S22 Ultra साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्‍नेछन् । सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ ०१, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागू हुने बताइएको छ ।

उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा रू.  ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ । अनलाइन च्यानलहरूको प्रवर्द्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ ।

के हो युनिमनी ?
युनिमनी एक्सचेन्ज LLC (युनिमनी) (युनिमोनी)वित्तीय समाधान र सेवाहरूको एक विविध विश्वव्यापी प्रदायक हो । युनिमोनीले आफ्ना १० शाखाहरू, अनलाइन र मोबाइल समाधानहरूसहित बहु ग्राहक टचपोइन्टहरूमार्फत भौगोलिक, मुद्राहरूमा  पैसाको निर्बाध आवागमनको सुविधा दिने गरेको छ ।

युनिमनी अर्थ व्यवस्था र वाणिज्य मन्त्रालय, कतारमा वर्ष २००७ मा कतार केन्द्रीय बैंकद्वारा इजाजतपत्र प्राप्त एक दर्ता सिमित दायित्व कम्पनी हो । युनिमनीले खुद्रा र कर्पोरेट ग्राहकहरुको लागि इन–स्टोर र डिजिटल मुद्रा स्थानान्तरण र विदेशी मुद्रा विनिमय समाधानको एक व्यापक स्पेक्ट्रम प्रदान गर्दछ । युनिमनीको मुख्य फोकस वान–स्टप समाधान प्रदायकको रूपमा एउटै छानामुनि ग्राहकहरूको वित्तीय आवश्यकताहरूलाई सम्बोधन गरेर सशक्त बनाउनमा निहित छ । 

युनिमनी कतारले आफ्नो ग्राहकहरूका लागि अनलाइन स्थानान्तरण अनुभवलाई बढावा दिन र तीब्र पार्ने उद्देश्यले सस्तो र भरपर्दो अनलाइन मनी ट्रान्सफर सेवा प्रदान गर्दे आएको छ ।

आइएमईबारे
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन आइएमई प्रतिबद्व छ । सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

‘आइएमई पे’बारे
‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्‍जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम