ओस्कार अवार्डको प्रभाव : हात्तीका माउतेलाई तमिलनाडु मुख्यमन्त्रीको १ लाख

मुम्बई - गत मार्च १३ मा भएको ओस्कार अवार्ड २०२३ मा ‘द एलिफेन्ट व्हिस्पर्स’ले ‘बेस्ट डकुमेन्ट्री फिल्म’को अवार्ड जित्यो । फिल्मको यो सफलता देखेपछि तमिलनाडु सरकारले हात्ती र उसको हेरचाह गर्नेहरुको पक्षमा फैसला लिएको छ ।
सरकारले योजनाअनुसार अब ८ करोड रुपैंयाँ लागतमा कोयम्बटूर चावडीमा अत्याधुनिक सुविधासहितको नयाँ हात्ती शिविर बनाइनेछ । मुख्यमन्त्री एमके स्टालिनले हात्तीको सुरक्षा गर्ने हेरालुलाई मुख्य मन्त्री राहत कोषबाट जनही १ लाख रुपैंयाँ दिने घोषणा गरेका छन् ।
फिल्ममा मुदुमलाई टाइगर रिजर्भका केयरटेकर जोडी बोमन र बेली लिडले प्रमुख भूमिका निभाएका छन् । उनीहरुको अभिनयको सराहना गर्दै तमिलनाडु सरकारले राज्यको २ शिविरको सबै ९१ हात्तीका माउतेलाई मुख्यमन्त्री राहत कोषबाट जनही १ लाख दिन लागिएको हो ।
सरकारले प्रख्यात अन्नामलाई टाइगर रिजर्भमा हात्ती शिविर बनाउनका लागि ५ करोड रुपैंयाँ दिएको छ । सरकारले त्यो रकमले हात्तीलाई संरक्षण गर्ने जनाएको छ ।फिल्ममा कार्तिकी गोन्जाल्विसको निर्देशन र गुनित मोंगाको निर्माण छ । ३९ मिनेटको यो सर्ट फिल्ममा मानिस र जनावरबीचको सम्बन्धलाई देखाइएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया