शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव सुरु

काठमाडौँ - बङ्गलादेशको राजधानी ढाकामा पाँचदिने नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव सुरु भएको छ। मंगलबार साँझ बंगलादेशका शिक्षामन्त्री डा. दीपु मोनी र नेपाली राजदूत घनश्याम भण्डारीले महोत्सव उद्घाटन गरेका हुन् । दूतावासले बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा बंगलादेश शिल्पकला एकेडेमीको सहयोगमा महोत्सव आयोजना गरेको हो । 

नेपाली राजदूतावासका अनुसार नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा महोत्सव आयोजना भएको हो । यसको उद्देश्य नेपाल र बंगलादेशको समृद्ध कलात्मक परम्परा र सांस्कृतिक सम्पदाहरू प्रदर्शन गर्नु रहेको दूतावासले जनाएको छ । 

महोत्सव शुभारम्भ गर्दै नेपाली राजदूत घनश्याम भण्डारीले घनिष्ट सांस्कृतिक र भाषिक सम्बन्ध नेपाल–बंगलादेश मित्रताको जग रहेको बताए । उनले महोत्सवबाट सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । 

शिक्षामन्त्री डा. दीपु मोनीले समृद्ध र जीवन्त कला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न दुवै पक्षले गरेको प्रयासको प्रशंसा गरिन् ।  दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सांस्कृतिक आदान–प्रदान आवश्यक रहेको पनि मन्त्री मोनीको भनाइ थियो । 

बंगलादेशका विदेशसचिव शब्बिर अहमद चौधरीले नेपाल र बंगलादेशबीचको सांस्कृतिक समानतालाई जोड दिँदै राजनीतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन सांस्कृतिक कूटनीति महत्वपूर्ण हुने बताए । 

बंगलादेश शिल्पकला एकेडेमीका सचिव सलाहुद्दिन अहमदले दुई देशबीचको कला र सांस्कृतिक आदान–प्रदान  प्रवर्द्धन गर्न एकेडेमीले निरन्तर सहयोग गर्ने बताए ।
 
बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष मोसिउर अहमदले नेपाल र बंगलादेशबीच लामो समयदेखिको मित्रतालाई मनाउन महोत्सव आयोजना गरिएको बताए । महोत्सव उद्घाटन समारोहमा कूटनीतिज्ञ, कलाकार, विद्वान्, विद्यार्थीलगायत दुई सय ५० भन्दा बढी सहभागी थिए ।  

महोत्सवमा बंगलादेश शिल्पकला एकेडेमीको राष्ट्रिय कला ग्यालरीमा नेपाल र बंगलादेशका कलाकृतिहरू प्रदर्शन गर्ने पाँच दिन लामो चित्रकला र फोटोग्राफी प्रदर्शनी समावेश छ । प्रदर्शनीमा ३३ नेपाली कलाकारका ५२ कलाकृति र ५० बंगलादेशी कलाकारका ८० भन्दा बढी कलाकृति राखिएको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता