सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौँ - संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्केका छन् । अन्तरव्यवस्थापिका संघ (आइपियु) को १४६ औँ महासभामा सहभागी भई सभामुख घिमिरे बिहीबार स्वदेश फर्किएका हुन् ।
सभामुख घिमिरेले महासभालाई बहराइनको राजधानी मनामामा सोमबार सम्बोधन गरेका थिए । सो क्रममा उनले नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका थिए । त्यस्तै उनले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गरेका थिए ।
बहराइनका सभामुख लगाएत अन्य प्रतिनिधिहरुसंगको भेटमा नेपालको कामदारका बिषयमा कुराकानी भएको सभामुख घिमिरेले बताए । नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख गत शुक्रबार बहराइन गएका थिए ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया