एकैरातमा बाँकेमा थप आठ जना संक्रमितको मृत्यु

बुटवल : कोभिड १९ संक्रमणको हटस्पट बनेको लुम्विनी प्रदेशको बाँकेमा मृत्तकको संख्या निरन्तर बढिरहेको छ । जिल्लाका अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये गएराती पनि आठ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २ जना जिल्ला बाहिरका छन् भने ६ जना नेपालगन्ज उपमहानगरका नागरिक हुन् । डीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बारबर्दिया ६ का ३७ वर्षिय पुरुषको बिहिबार राती ९ बजे मृत्यु भएको छ भने गत बैशाख २ गते भेरी अस्पता भर्ना भएकी टिकापुर कैलालीकी ४८ वर्षिया महिलाको राती ११ः३० बजे मृत्यु भएको छ ।
त्यसैगरि २३ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज ६ की ३४ वर्षिय पुरुषको राती १ः३० बजे, २१ गते भर्ना भएकी ५६ वर्षिया महिलाको राती २ बजे, नेपालगन्ज ३ का ५० वर्षिय पुरुषको बिहान ३ बजे, तथा १६ गते भर्ना भएकी नेपालगन्ज १२ की ६० वर्षिया महिलाको ३ः३० बजे मृत्यु भएको छ ।
त्यस्तै २१ गते भेरी अस्पताल भर्ना भएकी नेपालगन्ज १० की ५४ वर्षिया महिलाको बिहान ६ बजे तथा २० गते भेरीमा भर्ना भएका नेपालगन्ज ६ का बिहिबार साँझ ६ः५० बजे मृत्यु भएको बाँकेका फोकलपर्शन तेज ओलीले बताए ।
योसँगै बाँकेमा जिल्लाभित्रमा मात्रै मृत्यु हुनेको संख्या १६९ जना पुगेको छ भने जिल्ला बाहिरका १३० जनाले बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया