मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

उपराष्ट्रपति निर्वाचन : मतदान सुरु

काठमाडौँ - उपराष्ट्रपति पदका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरको संसद् भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया सुरु भएको हो । बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । 

उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् भने अन्य उम्मेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाले
सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् । उनीहरू पनि निर्वाचन स्थलमा भने पुगिसकेका छन् । 

अन्य सांसदहरूले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ ।