विराटनगरमा नेपाल–भारत साहित्य महोत्सव सुरु

मोरङ । नेपाल–भारत तीन दिने साहित्य महोत्सव आजदेखि विराटनगरमा शुरु भएको छ । दुई देश साहित्यकारवीचको सम्बन्धनलाई प्रगाढ बनाउन उक्त सम्मेलनको आयोजना गरिएको हो । विराटनगर महानगरपालिका र कनितधरा साहित्य अकादमी मेरठ भारतद्वारा आयोजित उक्त महोत्सवमा नेपाल–भारतका साहित्य, कला सांस्कृतिक क्षेत्रमा तीन सय ५० जनाको सहभागिता रहेको छ ।
कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले महोत्सवको उद्घाटन गर्दै यसले दुई देशबीचको सम्बन्धन जनस्तरमा पुग्ने विचार व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाज निर्माण साहित्यको ठूलो भूमिका रहने बताउँदै यसको कुनै सीमा नहुने विचार राखे ।
वरिष्ठ साहित्यकार दधिराज सुवेदी, कार्यक्रम संयोजक डा देवी पन्थी, गङ्गा सुवेदी, क्रान्तिधर अकादमीका अध्यक्ष डा विजय पण्डित र मीनकुमार नवोदितले राज्यले साहित्यको विकास एवम् साहित्यकारलाई उच्च सम्मान गर्नुपर्ने सुझाव दिए । महोत्सवमा पुस्तक विमोचन, बहुभाषी कवि सम्मेलन र सम्मान कार्यक्रम रहेको छ ।

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित

प्रतिक्रिया