तिलोत्तमा गोल्डकपको उद्घाटन आज

बुटवल- रुपन्देहीकै प्रतिष्ठित तिलोत्तमा गोल्डकप प्रतियोगिता २०७९ शनिबार उदघाटन हुँदैछ । २२ औँ संस्करणको उद्घाटन कार्यक्रमको लागि देबिनगरस्थित एन्फा एकेडेमी खेल मैदान सजाइएको छ । उद्घाटन खेलमा आयोजक रुपन्देही–११ र सुदुरपश्चिमाञ्चल फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको हो ।
प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक संस्था रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, रुपन्देही जिल्ला फुटबल संघ रुपन्देहीको आयोजना, यशोदा फुड्स प्रालि, त्रिमुर्ति ईण्डष्ट्रिज प्रालीको मुख्य प्रायोजनमा दुई विभागीयसहित ८ टिमले उपाधिका लागि खेल्नेछन् ।
प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कृत गरिने छ । प्रतियोगितामा करेन्ट रुपन्देही –११ सहित मनाङ मर्स्याङ्दी क्लब काठमाडौँ, थ्री स्टार क्लब ललितपुर, नेपाल पुलिस क्लब काठमाडौँ, एपिएफ क्लब काठमाडौँ, हिमालयन शेर्पा क्लब काठमाडौँ, फ्रेन्ड्स क्लब काठमाडौँ र सुदुरपश्चिम ११ गरी आठ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रममा एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसीले कोभिड संक्रमण र राजनीतिक अस्थिरताकै कारण प्रतियोगितालाई निरन्तरता दिन नसकिएको बताए । स्थानीय सरकारबाट ३५ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट समेत सहयोग प्राप्त भएको हुँदा प्रतियोगिता आयोजना गर्न सहजता आएको उनले दाबी गरे । गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुनेछ । २१ औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया