व्यवसायमैत्री कानुन निर्माणका लागि म सधैं तयार छु : सभामुख घिमिरे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानुन निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन् ।
उनले उद्योग व्यवसायमैत्री कानुन निर्माण गर्नका लागि राजनीतिक दल र सांसदहरूसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले मुलुक भित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानुनको अभाव हुन नदिन आफू सचेत रहेको बताए ।
व्यापार गरी नाफा कमाउनु व्यवसायीहरूको धर्म भए पनि सामाजिक उत्तरदायित्त्व बहन गरी मुलुकको दिगो विकासमा अझै बढी योगदान पुर्याउन पनि उनले व्यवसायीहरूलाई आग्रह गरे ।
सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए । उनले मुलुकको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने बताए ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया