केआरके विरुद्ध मनोज बाजपेयीको उजुरी

मुम्बई - अभिनेता मनोज बाजपेयीले तथाकथिक समीक्षक केआरकेविरुद्ध इन्दोर अदालतमा मानहानीको मुद्दा दायर गरेका छन् । भारतीय समाचार माध्यमका अनुसार दुई वर्षअघि मनोज बाजपेयीले उनीविरुद्ध हालेको मुद्दामा इन्दोर अदालतले पक्राउ पूर्जी जारी गरेको हो । अदालतले बिहीबार उनलाई पक्रने आदेश दिएको समाचार जनाइएको छ ।
सन् २०२१ मा केआरकेले मनोज बाजपेयीलाई लागु औषध दुव्र्यसनी भएको बताएका थिए । मनोज बाजपेयीले उनको यही अभिव्यक्ति विरुद्ध उजुरी दिएका थिए । दुई वर्षपछि अदालतले सक्रियता देखाउँदै केआरके पक्रने आदेश दिएको हो । मे १० मा नयाँ पेसी तोकिएको छ ।
अदालतले केही पहिले नै उनलाई जमानत मिल्ने गरी हाजिर हुन आदेश जारी गरेको थियो । तर केआरके अदालतमा उपस्थित नै भएनन् । अदालतलाई यसरी उनले नटेरेको हुनाले पक्रने आदेश जारी गरेको बुझिएको छ ।
यता केआरकेका वकिलले भने मनोज बाजपेयीको मुद्दाविरुद्ध सर्वोच्चमा उल्टै उजुरी दिइसकेको बताएका छन् । केआरकेले मनोज बाजपेयीले मुम्बईमा उजुरी दिनुको साटो इन्दोर पुगेको भन्दै उनको आसयमाथि नै प्रश्न उठाएका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया