जबर्जस्ती गर्भवती बनाएपछि युट्युबरसँग रिसाइन् नीता

काठमाडौँ - अभिनेत्री नीता ढुंगानाले युट्यबुरले भ्रामक हेडलाइन राखेर नकारात्मक प्रभाव पारेको भन्दै फेसबुकमा असन्तुष्टि जाहेर गरेकी छिन् । आफूले म्युजिक भिडियोमा निर्वाह गरेको भूमिकालाई व्यक्तिगत जीवनसँग जोडेर जबर्जस्ती गर्भवती बनाएको भन्दै उनले प्रेस काउन्सिलको ध्यानाकर्षण पनि गराएकी छिन् ।
आफूले अभिनय गरेको एउटा गीतको सार्वजनिक कार्यक्रममा उपस्थित नीताले आफूले काम गरेका सिर्जना सन्तान जस्तै लाग्ने अभिव्यक्ति दिएकी थिइन् । उनको यही भनाइलाई युट्युबरले नीता गर्भवती भएको आसयको शीर्षक राखेर सार्वजनिक गरेका थिए ।
यसरी भ्रामक हेडलाइन राख्ने युट्यबु च्यानलको स्क्रिनसट राख्दै नीताले लेखेकी छिन्, ‘ कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामीले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आसय दिने भ्रामक हेडलाइन राख्ने र साना ठूला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन । यस्ता कृयाकलापले धेरै कलाकारको जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रति मेरो घोर भत्सर्ना छ । बिहीबार मात्र म अभिनित मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो । तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसँग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जीवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता क्रियाकलाप प्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु ।’

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया