होटेल हायात प्लेसमा वुमन इन डेटा कन्फेरेन्स

काठमाडाैं । शिक्वल फाउन्डेसनले शनिबार वुमन इन डेटा विषयमा कन्फेरेन्स सम्पन्न गरेको छ । होटेल हायात प्लेसमा सम्पन्न भएको उक्त कन्फेरेन्स बिहान ९ बजेदेखि सुरु भएको थियो ।
कार्यक्रममा मुख्य वक्ताको रूपमा १० डीएसका निर्देशक डा. लौरा गिलवर्ट रहेकी थिइन् । त्यस्तै कार्यक्रममा महिला उद्यमीलाई डिजिटल र वित्तीय साक्षरता विषयमा वुमन इन डेटा स्टेरिङ कमिटीकी सह संस्थापक नहसला जोशी, डेटा भिजुअलाइजेसनको मूल्य बारे गिगप्रोकी वरिष्ठ विजनेस इन्टेलिजेन्स म्यानेजर जे मिसेल मराज, सार्वजनिक क्षेत्रको नजरबाट डेटामा महिला विषयमा राष्ट्रिय तथ्यांक कार्यालयकी डेप्युटी प्रमुख तथ्यांक अधिकारी मुन्नी चौधरी र डेटाको भविष्य बारे ७५७ कोल्याबकी रणनीतिक साझेदारी प्रमुख इलिना ब्रेवेयरको प्रस्तुति रहको थियो।
यस्तै कार्यक्रममा २ वटा प्यानल डिस्कसन भएको थियो। पहिलो डिस्कसन महिला उद्यमशीलतामा सरकार, नागरिक समाज र शिक्षाको भूमिकामा छलफल भएको थियो, जसमा वक्ताको रूपमा काठमाडौं विश्वविद्यालयको गणित विभागकी प्राध्यापक ज्योती देवकोटा, आन्ट्रप्रेरणाका सह-संस्थापक निरज खनाल, राष्ट्रिय आदिवासी महिला महासंघ नेपालकी संस्थापक स्टेला तामाङ र काठमाडौं महानरपालिकाको महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल थिए । यस सेसनको सहजीकरण मिस युनिभर्स २०२१ सुजिता बस्नेतले गरेकी थिईन् ।
त्यस्तै अर्को सेसन द रोल अफ जेन्डर डेटा फर कम्ब्याटिङ द मेल डिफ्लट विषयमा भएको थियो । यसमा वक्ताको रूपमा वुमन लिड नेपालकी कार्यकारी निर्देशक हिमा विष्ट, अनुसन्धानकर्ता डा. प्रणव दाहाल, एपीवान टिभीका प्रस्तोता पीट्टर राई र प्रार्थना नेपालकी संस्थापक सरिता लामिछाने रहेकी थिइन । यस शत्रको सहजीकरण कोडरसकी एशोसिएस प्रडक्ट म्यानेजर शृष्टि श्रेष्ठले गरेकी थिईन्।
२०० जना डाटाको क्षेत्रमा सान्दर्भिक व्यक्तिहरू कार्यक्रममा उपस्थिति जनाएका थिए साथै प्यान्लिस्ट र सबै श्रोताहरुको माजमा डेटामा महिला उद्यमी कसरी बढाउन सकिन्छ र कार्यसम्पादनयोग्य छलफललाई स्थानमा ल्याउनको लागि महत्त्वपूर्ण छलफल गरिएको थियो।
शिक्वल फाउन्डेसनले युके एड, डेटा फर डेभलपेन्ट र द एशिया फाउन्डेसनको सहकार्यमा डेटा कन्फेरेन्स आयोजना गरेको हो ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया