नेताको चरित्र सच्चिन आवश्यक छ : नेता पोखरेल

बनियानी- नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताएका छन् ।
झापा क्षेत्र नं १ अन्तर्गत ‘सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’को मेचीनगरमा उद्घाटन गर्दै उनले भने, 'पार्टी र जनताबीचको सम्बन्धलाई थप सुधार गर्दै अघि बढ्ने अभियान सुरु भएको छ, नागरिक-नागरिकबीचको असमानताको खाडललाई पुर्नका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।'
उनले जनताको समस्याको साझेदारका रूपमा माओवादी केन्द्रले उक्त अभियान सुरु गरेको बताएका छन् । उनले जनताको मुद्दा सडक र सदनलाई व्यवस्थित गर्ने अभियानका साथ पार्टी अघि बढेको बताए ।
उत्पीडन र विभेदमा रहेकालाई मात्र नभई आम नागरिकको दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्न माओवादी कार्यकर्ता तयार हुनसमेत उनले निर्देशन दिए ।
कार्यक्रममा नेता झलकसिंह दर्लामीले जनताबीच विश्वास जगाउने गतिविधि गर्दै पार्टी रूपान्तरण अभियानमा जुटेको बताए । संविधान निर्माणपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न वर्तमान सरकार एक ठाउँमा रहेको समेत उनको भनाइ थियो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि राना, प्रदेशसभा–२ मेचीनगरका अध्यक्ष नरेन्द्र मेचेलगायतले पार्टीको अवस्था, जनगुनासोका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मेचीनगरका नगर अध्यक्ष राजन चिमरियाले नगरको राजनीति अवस्थाको कार्यपत्र पेस गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया