निषेधाज्ञामा थप कडाइ तर सडकको भिड कम भएन

काठमाडौँ : कोभिड-१९ संक्रमण रोकथाम र न्यूनिकरणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । निषेधाज्ञामा थप कडाइ गरेपनि सडकमा सवारी साधानको संख्यामा भने कमी आउन सकेको छैन ।
अत्यावश्यक बाहेर विवाह लगायत सार्वजनिक सेवाका गाडीहरू सञ्चालन भइरहेका छन् । शुक्रबार बिहानै निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ५२९ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ४ सय २२ ओटा दुई पाङग्रे, ८० ओटा चार पाङग्रे र २७ ओटा ठूला सवारीसाधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
बैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे)सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो ।
आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ । नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया