‘पठान’ पछ्याउँदै रणवीर र श्रद्धाको फिल्म बन्यो वर्षको दोस्रो हिट

मुम्बई - रणवीर कपुरको अन्तिम रोमान्टिक फिल्म ‘तु झुठी मैं मक्कार’ले ‘पठान’को पदचिन्ह पछ्याउँदै सय करोड क्लबमा आफ्नो नाम लेखाएको छ । फिल्मले प्रदर्शनको ११ औँ दिनमा १ सय १ करोडको व्यापार गरेको छ । सन् २०२३ मा ‘पठान’पछि सय करोड कमाउने यो दोस्रो फिल्म हो । योसँगै रणवीर र श्रद्धा अभिनित समान छ फिल्म सय करोड क्लबमा सामेल भएका छन् ।
फिल्मले आश्चर्यजनक रुपमा बक्स अफिसमा राम्रो कमाइ गरेको हो । रिलिजपूर्व औसत हाइप बनाएको फिल्मले १५ करोडको सामान्य ओपनिङ गरेको थियो । तर सोमबारपछिका दिनमा पनि फिल्मले लय कायम राख्दै सय करोडको आँकडा छोएको हो । अघिल्लो साल ‘शमशेरा’बाट धोका खाएका रणवीरलाई ‘ब्रम्हास्त्र’को सफलताले राहत दिएको थियो । तर यो साल भने सुरुवातमै उनले हिट दिएका छन् । यही साल उनको ‘एनिमल’ आउन सक्छ ।
लभ रञ्जनको निर्देशन रहेको फिल्ममा श्रद्धा कपुर, डिम्पल कपाडिया र अनुभव बस्सीको अभिनय रहेको थियो । रणवीर र श्रद्धाले जोडी बनेर अभिनय गरेको यो पहिलो फिल्म थियो । शुक्रबारबाट अंग्रेजी र हिन्दी भाषाका थप तीन फिल्मले कमाइको रफ्तार रोके पनि आइतबारबाट फेरि यो फिल्मले पिकअप लिने लक्षण देखाएका छन् । शुक्रबार रिलिज भएका तीनै फिल्ममा दर्शक नआएको प्रदर्शकको प्रतिक्रिया छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया