अस्कर लाइभ हेर्न ‘आरआरआर’ टिमले तिर्नु परेको थियो २० लाख

मुम्बई - अस्कर अवार्ड सकिएको हप्ता दिन भइसक्यो तर भारतमा यसको तरङ सकिएको छैन । गीत र डकुमेन्ट्रीमा गरी भारतले यो पटक दुई अस्कर भित्र्याएपछि केही दिनसम्म चर्चा हुनु स्वाभाविक नै हो । यो पटक ‘आरआरआर’मा समावेश ‘नाटु नाटु’गीतले अस्कर जितेको थियो भने डकुमेन्ट्री ‘एलिफेन्ट विस्पर्स’ले लघु डकुमेन्ट्रीको अवार्ड जितेको थियो ।
‘नाटु नाटु’गीतले अस्कर जित्दा ‘आरआरआर’का निर्देशक र मुख्य कलाकार कार्यक्रममा उपस्थित थिए । तर इकोनमिक टाइम्सका अनुसार अस्करको अवार्ड समारोहमा छिर्न ‘आरआरआर’ निर्देशक एसएस राजामौली, कलाकार रामचरण र जुनिएर एनटीआरले आयोजकलाई महंगो रकम तिर्नुपरेको थियो ।
दि इकोनमिक टाइम्सले लेखेअनुसार राजामौलीले प्रत्येक कलाकार तथा परिवारका सदस्यका लागि २५ हजार डलरको टिकट किनेका थिए जुन भारतीय रुपैंयाँमा रुपान्तरण गर्दा २० लाख हाराहारी हुन आउँछ । अस्कर समारोहमा राजामौलीले श्रीमती र छोरालाई लिएर गएका थिए भने अभिनेता रामचरण श्रीमती उपासनासहित गएका थिए । यसैगरी जुनियर एनटीआरको परिवार पनि कार्यक्रममा उपस्थिति थियो ।
अस्कर आयोजकले ‘नाटु नाटु’का संगीतकार एमएम किरावानी र गायक कोरियोग्राफरलाई मात्र निःशुल्क पास दिएको थियो । समारोहमा उनीहरूलाई बस्नलाई पनि अघिल्लो लहरका कुर्सी उपलब्ध गराइएको थियो भने निर्देशक राजामौली र कलाकार अन्तिम सिटमा थिए । फ्यानले समारोह चलिरहँदा नै यो कुराको विरोध गरेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया