नेकपा एकीकृत समाजवादीको महासचिव बने भुसाल, बेदुराम उपाध्यक्ष
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)ले घनश्याम भुसाललाई महासचिव बनाएको छ । आज बसेको सचिवालयको बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
उनका अनुसार यसअघिका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ ।
एमाले छाडेर स्वतन्त्र लडेका भुसाल चुनावमा पराजित भएपछि एकीकृत समाजवादीमा लागेका थिए ।
बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको पनि बताए ।
केन्द्रीय सचिवालय सदस्यको संख्या १९ पुर्याइएको उनले बताए । पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया