तातोपानी पिउन बिर्सिएका त छैनौँ नि ?
कोभिडले गाँजिरहेको यो परिस्थितीमा गर्मी भयो भन्दैमा फ्रिजको पानी घुट्काउने अवस्था छैन ।

कोभिड सुरु भएपछि संक्रमणबाट बच्न धेरैले तातो पानी पिउने, बाफ लिने गर्न थाले । बीचमा एकपटक हामी सामान्य जीवनशैलीमा फर्कियौँ । अहिले हामीलाई दोस्रो चरणको कोभिड संक्रमणले गाँजिरहेको छ । दैनिक हजारौँ संख्यामा संक्रमितहरू भेटिन थालेका छन् । मृत्यु हुनेको संख्या पनि बढ्दै गइरहेको छ । तर, पहिलो चरणमा हामीले जसरी गम्भिरताका साथ प्राकृतिक अभ्यास अपनाएका थियौँ । अहिले त्यो उपाय अपनाउन छाडेका छौँ ।
कोभिडसँग लड्न हामीले प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्छ । प्रतिरक्षा प्रणाली बलियो बनाउन पानीका महत्वपूर्ण भूमिका हुन्छ । पानी कम पिउने मानिसमा ‘डिहाइड्रेसन’को समस्या हुन्छ । जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । हाम्रो शरीरको लागि अक्सिजन जति महत्वपूर्ण छ, पानी पनि उतिनै महत्वपूर्ण छ । कोभिड संक्रमणबाट घेरिएको यो अवस्थामा हामीले सक्दो पानी पिउनुपर्छ । त्यसमा पनि तातो ।
कोभिडका लक्षण भएकालाई चिसो पानीले राम्रो गर्दैन । यसले लक्षणहरू घटाउने होइन, झनै बढाउने काम गर्छ । चिसो पानीले ज्वरो, खोकी घट्दैन । छातीमा हुने इन्फेक्सनलाई आराम गर्दैन । त्यस्तै, तातोपानीले शरीरका भित्रि अंगहरूमा फाइदा गर्छ । तातोमा पनि मनतातो होइन, च्वास्स पोल्ने तातो पानी पिउनुपर्छ । त्यो पानी पिएको केही समयपछि सरर पसिना फुटोस् ।
तातो पानीले पसिना आउने क्रमलाई बढाइदिन्छ, श्वास, रक्तनली र शरीरमा जाम भएका ठाउँहरूलाई खुलाइदिन्छ । शरीरमा भएका अनावश्यक तत्वहरूलाई बाहिर निकाल्नको लागि पनि पानीको आवश्यकता पर्छ । अरु बेलामा पनि पानी खानु राम्रो हो । तर, कोभिडको यो महामारीमा तातो पानीको महत्व अझै धेरै छ ।
के हुन्छ पानी कम पिउँदा ?
आवश्यकताभन्दा कम पानी पिउँदा कम पिसाब लाग्छ । जसको कारण पिसाबबाट जानुपर्ने बिकार जान पाउँदैन । यसले कोभिडजस्ता भाइरल इन्फेक्सनलाई झनै बढावा दिने काम गर्छ । भाइरस शरीरभित्रै फैलिने वातावरण तय गरिदिन्छ । पानी जति पियो रगत उतिनै निर्मलिकृत हुँदै जान्छ । र, मानिस पनि स्वस्थ हुन्छ ।
अहिले गर्मी समय भएको हुनाले धेरैले चिसो पानी खाइरहेका हुन्छन् । तर, जति गर्मी भए पनि यो बेला तातो पानी खान छाड्नुहुँदैन । कोभिडले गाँजिरहेको यो परिस्थितीमा गर्मी भयो भन्दैमा फ्रिजको पानी घुट्काउने अवस्था छैन । फ्रिजको मात्रै नभएर फ्रिज बाहिरको चिसो पानी पनि पिउनु हुँदैन ।
हामीले हाम्रो शरीरको तौलअनुसार पानी खानुपर्छ । एक केजी शरीरलाई ३५ देखि ४० एमएल पानी पिउनुपर्छ । सामान्यतया एक दिनमा तीनदेखि चार लिटर पानी पिएको राम्रो । तिर्खा लाग्नुले शरीरमा पानी अभाव भएको सूचना दिन्छ । त्यसैले तिर्खा लाग्नुभन्दा पहिले नै पानी पिउने बानी बसाल्नुपर्छ । पानी एकैपटक पिउनु हुँदैन । एक–एक घण्टाको अन्तरालमा एकदेखी दुई ग्लास पानी पिउनुपर्छ ।
भ्याक्सिनभन्दा शक्तिशाली ‘इन्टरमिटेन्ट फास्टिङ’
प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनको लागि ‘इन्टरमिटेन्ट फास्टिङ’ को पनि महत्व हुन्छ । इन्टरमिटेन्ट फास्टिङ भनेको हामीले खाना खाने समय र खाना नखाने समय छुट्याउनु हो । २४ घण्टामा आठ घण्टा खानेकुरा खान छुट्याउनुपर्छ । बाँकी १६ घण्टा फास्टिङको समय छुट्याउनुपर्छ । बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्म केही खानु हुँदैन । बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्मलाई मात्र खानेकुरा खाने समय तोक्नुपर्छ ।
हामीले खाएको खाना भाइरसले पनि खाना खान्छ । लामो समय फास्टिङ बस्दा भाइरससम्म खानेकुरा पुग्दैन र, भाइरस निस्तेज हुँदै जान्छ । यस्तो अभ्यासले कोभिडसँग लड्न निकै सहयोग पुर्याउँछ । यो अभ्यास गर्न सकेको खण्डमा भ्यासिनभन्दा शक्तिशाली छ ।
एकहप्ता मात्रै इन्टरमिटेन्ट फास्टिङ गर्न थालियो भने पनि शरीरमा स्वत परिवर्तन आएको पाउन सकिन्छ । यसको मतलब भ्याक्सिन नै नलगाउनु भनेको होइन । यो प्राकृतिक कुरा हो । पैसा नलाग्ने अभ्यास हो । हामीले दैनिक जीवनमा खानपानमा मात्र थोरै ध्यान दियौँ भाइरससँग लड्न सक्छौँ ।
त्यागौँ जंकफुड
कोभिडबाट बच्नको लागि जंकफुड त्याग्नुपर्छ । प्राकृतिक खानेकुराहरूमा जोड दिनुपर्छ । चाउचाउ, चाउमिन, प्याकेट र बोतलका खानेकुराहरू खानु हुँदैन । ती खानेकुराले हाम्रो शरीर सञ्चालनको प्रक्रिया नै परिवर्तन गरिदिन्छ । जसले भाइरसलाई रमाउने वातावरण बनाइदिन्छ ।
(योग तथा प्राकृतिक रोग विशेषज्ञ डा. कोइरालासँग इकागजकी सृजना खड्काले गरेको कुराकानीमा आधारित )

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया