संघ, प्रदेश सरकार र राजनीतिक नियुक्तिको भागबन्डा प्याकेजमा टुंग्याउनुपर्छ : सांसद यादव

काठमाडौँ- जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ फास्ट ट्रयाकमा पास गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद यादवले सो विधेयकलाई समितिमा नलगि संसदभित्र छलफल गरी फास्ट ट्रयाकमा पास गर्नुपर्ने बताएका हुन् । उनले यसलाई पास गर्न निकै ढिलो भएको भन्दै अझै ढिलो गरेमा दुर्घटना हुने चेतावनी समेत दिए ।
विधेयकलाई संसदभित्रै छलफल गरेर टुंग्याउनुपर्ने उनकाे भनाइ छ ।
उनले भने, ‘यो महत्वपूर्ण कुरा हो । यसलाई फास्ट ट्रयाकमा नै लानुपर्छ । समितिमा जानुपर्दैन । संसदभित्र नै छलफल गरेर, संसदभित्रबाट नै फाष्ट ट्रयाकमा पास गर्नुपर्छ । ढिलो गर्यो भने दुर्घटना हुन्छ । त्यस कारण यसलाई चाँडै सकाउनुपर्छ र संसदभित्र नै छलफल गरेर टुंग्याउनुपर्छ ।’
उनले गठबन्धनभित्र संघ र प्रदेश सरकारको भागबन्डाका साथसाथै संवैधानिक पदहरूमा नियुक्तिको विषय पनि प्याकेजमा टुग्यांउनुपर्ने धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया