रोयल इनफिल्डको दुई सोरुमको उद्घाटन
काठमाडाैं । रोयल इनफिल्ड मोटरसाइकलको थप दुई सोरुमको उद्घाटन गरिएको छ ।
नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले कम्पनीको मापदण्ड अनुसार काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुई सोरुमको उद्घाटन गरिएको हो ।
त्रिवेणी ग्रुपका अध्यक्ष श्री पुरुशोत्तमलाल संघाईबाट विशेष कार्यक्रमका बीच उद्घाटन गरि संचालनमा ल्याएको छ।
रोयल इनफिल्ड मोटरसाइकल शोरुम "वाइकर्स होमको" अवधारणामा निर्माण गरिएको छ। शोरुमबाट बाइक,राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्री पछाडिका सेवाको ब्यवस्था गरिएको छ।
रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ।
अल्फा अटोमोटिभ प्रा. लि. ले आफ्नो एवं डिलर समेत गरि कम्पनी मापदण्डका हाल ६ वटा (नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरुम संचालन गरिरहेको छ भने चैत्र महिना भित्र थप ४ वटा (बिर्तामोड, टाडी, सुर्खेत र भक्तपुर) संचालनमा आउनेछन् र असाढ महिना भित्र थप ८ वटा (बिराटनगर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ्ग, नेपालगंज र त्रिपुरेश्वर) संचालनमा ल्याएर कुल १८ वटा शोरुमबाट बाइक बिक्रि, गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ्ग लगाएतका सेवा प्रदान गर्नेछ।
अल्फा अटोमोटिभ प्रा. लि. त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो। त्रिवेणी ग्रुपले उत्पादनमुलक उधोग ब्यवसाय, बैङ्किङ्ग, बीमा, एवं सर्भिस सेक्टरमा कार्य गरिरहेको छ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया