सुर्खेतका चार स्थानीय तहमा अक्सिजनसहितको आइसोलेसन सेन्टर

सुर्खेत : सुर्खेतका चार स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेका छन् । कोभिड–१९ संक्रमण भयावह स्थितमा पुगेपछि स्थानीय तहहरूले अक्सिजनसहितको आइसोलेसन सेन्टरको स्थापना गरेका हुन् । जिल्लाका वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, चौकुने र सिम्ता गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्यचौकी रहेको भवनमा २५ बेडको आइसोलेसन सेन्टरको स्थापना गरेको छ । नगरपालिकाका मेयर देवकुमार सुवेदी र उपप्रमुख मोहनमाया ढकालले आइसोलेसन सेन्टरको स्थापना गरेका हुन् ।
पूर्वीसुर्खेतको गुर्भाकोट नगरपालिकाले निर्माण गरेको सिटी हललाई २५ बेडको आइसोलेशन सेन्टर स्थापना गरेको छ भने पश्चिम चौकुने गाउँपालिकाले ज्योति माध्यमिक विद्यालयमा १२ बेडको सेन्टरको स्थापना गरेको हो । नयाँ भेरियन्टसहितको संक्रमण तीव्र बनेपछि उपचारमा सहज होस् भनेर अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । अहिले २५ वेडको आइशोलेशन सेन्टर आवश्यक परेमा ५० बेडमा पुर्याउने उनको भनाइ थियो ।
गुर्भाकोट नगरपालिकाले पनि २५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरिएको र आवश्यकता अनुसार २० वटा वेड थपिनेगरी काम अघि बढाएको उपप्रमुख मैना बिकले जानकारी दिइन् । नगरबासीले अक्सिजन बिना मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले आइसोलेसन कक्ष स्थापना गरेको उपप्रमुख बिकको भनाइ थियो । त्यसैगरी सिम्ता गाउँपालिकामा पनि ५० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले जानकारी दिए । त्यसैगरी यी स्थानीय तहहरूमा भारतबाट फर्किएका नागरिकलाई निगरानी बढाएको जनाएका छन् ।

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_9QQXkb532Y_dztxvg5rwr1chvtfozh1ckx2tfow42dlshjcyojm4t5thqshzxknempdbii1.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

प्रतिक्रिया