कोशी प्रदेशको नाम परिवर्तन हुँदैन : मुख्यमन्त्री कार्की

ओखलढुङ्गा - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आज आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताए ।
लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गरेको बताउँदै उनले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने बताए । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे ।
'कोशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन मानव जीवनसँग पनि जोडिएको नाम हो । ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन त होइन नामका विषयमा छलफलसमेत हुँदैन', उनले भने, 'हिजो नाम भएन भन्नेहरु आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन्, यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न । बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस् ।' देशमा राजनीतिक स्थायित्व नहुँदा नेपालीहरुले दुःख पाएको बताउँदै उनले अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए ।
पूर्वमन्त्री अम्बिरबाबु गुरुङले ओखलढुङ्गामा गरेको विकास निर्माणको कामलाई प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले पुराना आयोजनालाई सम्पन्न गरिने र नयाँ योजनालाई उत्पादनसँग जोडिने बताए । कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र युवा स्वरोजगारका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिने मुख्यमन्त्री कार्कीको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले नागरिकका आधारभूत आवश्यकता तत्काल पूरा गरिने बताए । स–साना योजना र थोरै बजेटबाट नागरिकका धेरै अपेक्षा पूरा गर्न सकिने बताउँदै उहाँले किसानको खेतबारी बाँझो नरहने गरी कृषि उद्यमका कार्यक्रम ल्याउन कर्मचारीलाई निर्देशन दिए ।
सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, भगवती मन्दिर रुम्जाटार पार्कको उद्घाटन, रुम्जाटार बौद्ध गुम्बा लामा क्वाटर भवन, सिँचाइ आयोजनाहरूको स्वामित्व हस्तान्तरण, सहरी विकास तथा भवन कार्यालय भवन र मनमोहन तालिम केन्द्रको भवन शिलान्यास, ठाडे–जन्तरखानी सडक खण्ड र सामुदायिक भवन तलुवाको भवन उद्घाटन गर्न मुख्यमन्त्री ओखलढुङ्गा आएका हुन् । रासस

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_09HnRvekgz_1vwo0rjcvcrhgje4bjkudy3a7sp5vxfezkp1uauxjfkbz6tcfop1wqhyfxcy.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया