दाहाल साहसिक प्रधानमन्त्री : प्रदीप यादव

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंसा गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दाहाल साहसिक प्रधानमन्त्री भएको भन्दै त्यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दाबी समेत गरे । सांसद यादवले मुलुक संकटमा परेकाले त्यसको निकासका लागि प्रधानमन्त्री दाहाललाई सबै राजनीतिक पार्टीले मिलेर विश्वासको मत दिनुपर्ने तर्क समेत गरे । उनले विगतमा गरिएको प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्न प्रधानमन्त्री दाहालको पनि ध्यानाकर्षण गराए ।
सांसद यादवले नेपाली जनताले प्रधानमन्त्री दाहालबाट विगतमा गरिएको प्रतिबद्धता कार्यान्वयन भएको हेर्न चाहेकाले उनले सो काममा आफूलाई केन्द्रित गर्नुपर्ने बताए । उनले महंगी नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया