सेयर बजारमा हरियाली

काठमाडौं - साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । आज नेप्से सूचकमा २२.६५ अंकले उकालो लागि १९४९.०६ विन्दुमा आएर रोकिएको छ ।
यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा २ं.९७ अङ्कले बढेर ३६६.५० विन्दुमा पुगेको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, कारोबारको आधारमा आइएमइ जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । यसको ७ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनआइसि एसियाको ६ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।
यता आज सबै उपसुचकहरुमा उकालो लागेको छ । उक्त उपसुचकहरु मध्ये ट्रेडिङ सुचकको ३.६४ प्रतिशत, होटल तथा पर्यटन र हाइड्रोपावर सुचक २ प्रतिशतले उकालो लागेको छ ।
आजको कारोबारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ । यस कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया