लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक: नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका छन् ।
सोमबार संसद् भवनमा संचारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू संसदीय मूल्य मान्यतामा विश्वास गर्ने भएकाले संसदीय प्रणाली र लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका हुन् । उनले प्रधानमन्त्रीको विश्वासको मतलाई हार्दिकता र सामान्य रूपमा लिएको जिकिर गरे ।
त्यस्तै कांग्रेस नेता जीवन परियारले नयाँ राजनीतिक घटनाक्रम अनुसार विश्वासको मत लिएको र अब सरकार सहज रूपमा चल्ने बताए । सरकारलाई अब गठबन्धन दलहरूले सहयोग गर्ने र पूर्णकालीन अवधिमा चल्न मद्दत गर्ने उनको भनाइ छ ।
त्यस्तै माओवादी केन्द्रका नेता जनादर्न शर्माले शान्ति, लोकतन्त्र स्थायित्वका लागि अहिले प्राकृतिक गठबन्धन भएको र संसद्को पूर्ण कार्यकालसम्म अघि बढ्ने बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै संविधानको रक्षाका लागि अघि बढ्नुपर्ने बेला आएको धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया