ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, दुई दर्जन बढी घाइते

कैलाली - सोमबार साँझ जोशीपुर गाउपालिका ७ हजारीबारामा सुगरखालबाट भजनीतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई दर्जन बढी घाइते भएका छन । से १ त ८८७० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार भजनी नगरपालिका ९ बस्ने वर्ष १४/१५ की चाहाना चौधरी र सोही ठाउँकी ४५/४६ वर्षकी दिल रानी चौधरी उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले दिएको जानकारी अनुसार ट्र्याक्टर दुर्घटनामा घाइते मध्ये चाहना र दिलरानीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अन्य घाइतेको घोडाघोडी अस्पताल सुखड र बर्दगोरिया अस्पताल बौनियाँमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
ट्र्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया