आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

महान्याधिवक्ताको कार्यालयले रविलाई उन्मुक्ति दिएपछि युवराज सफल सर्वोच्च जाने

काठमाडौँ - युवराज सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी प्रकरणमा सर्वोच्च अदालत जाने भएका छन् । मंगलबार बिहान विज्ञप्ति जारीगरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएपछि सर्वोच्च अदालत जाने बताएका हुन् ।

रास्वपा सभापति लामिछानेले अमेरिकी नागरिक कामय हुँदा नै नेपाली राहदानी बनाइ दुरुपयोग गरेको प्रमाण हुँदाहुँदै सत्ताको आडमा उनलाई उन्मुक्ति दिएको भन्दै सफलले आपत्ति जनाएका छन् । ‘अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता र शक्तिको आडमा निज लामिछानेलाई प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उल्लंघन हो भन्ने मेरो ठम्याइ रहेको छ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेले राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको थियो । 

यस्तो छ सफलको प्रेस विज्ञप्ति