रविविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं - राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । लामिछानेलाई राहदानी मुद्दामा शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज पौडेल सफलले अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
उनले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एवम् कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।
अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने पनि उनले बताएका छन् ।
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेले राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको थियो ।
यो पनि
महान्याधिवक्ताको कार्यालयले रविलाई उन्मुक्ति दिएपछि युवराज सफल सर्वोच्च जाने

अख्तियारका आयुक्त र कर्मचारीको दैवी प्रकोप उद्धार कोषमा सहयोग

मानव अधिकार आयोग ‘क’ श्रेणीमा नै

सरकार कानुनको पालना गराउने काममा गतिछाडा भयो : पूर्वन्यायाधीश केसी
निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सृजना गरौंः प्रमुख न…

'निर्वाचन प्रणाली सुधार्न सशक्त कानून आवश्यक'

सडक नै नभएको ठाउँमा पुल : यातायात मन्त्रालयका तत्कालीन सचिवविरुद्ध मुद्दा दायर

उमेर, थर र शैक्षिक योग्यता ढाँटेर जागिर खाएको भन्दै डिआईजी अशोक सिंहविरुद्ध …

प्रतिक्रिया