जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीहरूलाई एमालेको निर्देशन

काठमाडौँ- नेकपा एमालेले जनसरोकारका विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ ।
एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरूलाई निर्देशन दिइएको बताएका हुन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उनले चैत्रको २० देखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारका विषयमा रिपोर्टिङका लागि पालिका स्तरीय कमिटीहरूलाई समय तोकिएको पनि स्मरण गराए ।
त्यसैगरी २५ देखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिपाेर्ट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाइ थियो ।
उपमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरूले किसानले भोगिरहेका समस्याबारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिपोर्टिङ गर्नुपर्ने योजना तय गरिएको बताए । पार्टीले जनताको पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरूले रिपोर्टिङको कामलाई अघि बढाउनुपर्ने उनको तर्क थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया