भारतकाे सीमानजिक आकासे पुल र स्वागत गेटकाे शिलान्यास

विराटनगर । विराटनगर महानगरपालिका–१७ रानीस्थित नेपाल–भारत सीमा नाका नजिकै आकासे पुल र स्वागत गेट बन्ने भएको छ । तीन वर्षअघि नै ठेक्का लागेपनि निर्माणको प्रक्रिया अघि नबढेको आकासे पुल र स्वागत गेटको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको ७०, विराटनगर महानगरपालिकाको २० र उद्योग संगठन मोरङ ५ प्रतिशत लगानीमा २०७७ जेठ २७ गते निर्माण व्यवसायी ह्याबिटेट–आशिषदीप जेभी भद्रपुरसँग पुल र स्वागत गेटका लागि सम्झौता भएको थियो । ६ करोड २५ लाख २४ हजार ९४४ रुपैयाँको लागतमा आकर्षक आकासे पुल र स्वागत गेटका संरचना बन्ने शहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख रुद्रनारायण मिश्रले जानकारी दिए ।
सम्झौता दुई बर्षमा दुवै संरचना निर्माण सम्पन्न गर्न मुख्यमन्त्री कार्कीले निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । उक्त पुल र स्वागत गेटले कोशी प्रदेशको पहिचान झल्काउने पनि उनले दाबी गरे । उनले पहिचानले धेरै अर्थ लाग्ने गरेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश नामारणको सन्दर्भ कोट्याउँदै ‘कोशी’ नै सबैभन्दा ठूलो पहिचान भएको समेत दाबी गरे ।
उनले प्रदेशको लगानीले उत्पादकत्वमा बृद्धि, रोजगारको प्रवर्द्धन र सौन्दर्ययुक्त पूर्वाधार संरचना निर्माण हुनुपर्ने बताए । कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री दुर्गाप्रसाद चापागाँईको अध्यक्षतामा आयोजित आकासे पुल र स्वागत गेट शिलान्यास कार्यक्रममा मन्त्रालयका सचिव मोहनराज चापागाँईले ठेक्का सम्झौता भएको तीन वर्षपछि तीनै तहका सरकार र सरोकारवाला पक्षहरुबीच समन्वय गरेर निर्माण सुरु गर्ने अवस्थामा पुर्याइएको बताए ।
विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले सबैको अपनत्व कायम हुने गरी महत्वपूर्ण संरचना निर्माणको प्रक्रिया थालनी भएको बताइन् । महानगरले अरुपनि ठुला र महत्वका परियोजनाहरुमा लगानी बढाउँदै लगेको जानकारी दिइन् ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_QD2CnW3M2I_hu2gpzgy9laal8fclhvdam72ajncozwngdjh1dmtguwz6at8ivtgk8uny4q5.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया