स्ववियु निर्वाचन: कर्णालीका ३५ क्याम्पसमध्ये १६ मा अखिल क्रान्तिकारीको नेतृत्व

सुर्खेत - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत नतिजा आएका ३५ क्याम्पसमध्ये अखिल क्रान्तिकारीको वर्चस्व रहेको देखिएको छ । प्रदेशमा माओवादी निकट अखिल क्रन्तिकारीले १६ वटा क्याम्पसमा नेतृत्व जित्न सफल भएको छ । यस्तै नेपाली कांग्रेसनिकट नेविसंघले १२ र नेकपा एमालेनिकट अनेरास्ववियुले ६ वटा क्याम्पसमा विजय हासिल गरेको छ । एक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् । प्रदेशभर ३९ वटा क्याम्पसहरु रहेका छन् । जसमध्ये १७ वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
यस्तै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित तीन वटामा विवादका कारण चुनाव हुन सकेको छैन । मध्यपश्चिम विश्वविद्यालय र त्यसका आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पस दैलेख, मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिममा स्ववियु निर्वाचन हुन नसकेको हो ।
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस र रुकुम पश्चिमको मुसिकोटमा उच्च अदालतमा रिट परेका कारण चुनाव हुन नसकेको हो । यस्तै, त्रिभुवन विश्वविद्यालयअन्तर्गत दैलेखको कोटदेवल क्याम्पस अवलपराजुलमा निर्वाचन हुन सकेको छैन । क्याम्पस प्रशासनका अनुसार निर्वाचनका लागि कुनै पनि विद्यार्थी संगठनले दल दर्ता गराएका छैनन् ।
त्यसैगरी दैलेखमा रहेको मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पसमा विद्यार्थी संगठन र निर्वाचन टोलीबीच मतभेदका कारण चुनाव हुन नसकेको हो । यस क्याम्पसमा चैत १२ गते निर्वाचन गराउन क्याम्पसले सूचना जारी गरेको छ ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया