होण्डा टेक्निसियन स्कील कन्टेष्ट २०२३ सम्पन्न

काठमाडौं– होण्डा टेक्निसियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न भएको छ ।
होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियन हरुको सीप र दक्षता अभिवृद्धि गर्ने र विक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्धेश्यका साथ हरेक वर्ष यस्तो कार्यक्रम गर्ने गरिन्छ ।
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्र वाट २÷२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए र सो प्रतियोगिता होण्डाको ट्रेनिङ्ग सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । यसअघि विभिन्न मितिमा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरेको र जस अन्तर्गत काठमाण्डौबाट २ जना, विराटनगरबाट २ जना, जनकपुुरबाट २ जना, पोखराबाट २ जना र भैरहवाबाट २ जना प्रतियोगीहरु छनोट भई आएका थिए ।
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.ली. ले विगतदेखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ । यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निशियन हरुको कार्यदक्षता अभिबृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने प्रतियोगीहरुले नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए जस अन्तर्गत प्रथम पुरस्कार बज्रअटो महाराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटीसी पोखराका झलेन्द« ईटानी र तृतीय पुरस्कार नौदेवी मोटर्स् बिराटनगरका बिनोद शर्माले प्राप्त गरेका थिए ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया