बर्डफ्ल्यु नियन्त्रण गर्न डेनमार्कमा हजारौँ कुखुरा मारियो

काठमाडौँ : बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौं कुखुरा मारिएको छ । देशको जुटल्याण्डमा झण्डै २५ हजार खुकुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।
स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्ल्यु फैलिन सक्ने देखिएर कुखुरा मारिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुई ओटा क्षेत्रका कुखुराहरुमा त्यस्तो खतरा देखिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर उच्च सतर्कता अपनाइएको छ । डेनमार्कको जुटल्याण्ड क्षेत्रमा यही महिनाको शुरुमा यसअघि पनि बर्डफ्ल्युको सङ्क्रमण देखिएको थियो ।
यो रोग युरोपका अन्य देशहरुमा पनि पछिल्लो समयमा पुन: फैलिन थालेको छ । विषेश गरेर जर्मनी र फ्रान्समा यसको असर बढी देखिएको समाचारमा जनाइएको छ । सङ्क्रमण देखिएका अन्य देशहरुमा पनि कुखुराहरु मार्ने, प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिने लगायतका उच्च सतर्कता अपनाउने गरिएको छ । (रासस)

बदाम तेल एक, फाइदा अनेक

रातको खानामा भुलेर पनि नखानुस् फलफूल र सलाद
बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चार दिनमा निको हुने रुघाखोकी दुई हप्ता बढी लाग्दै

अब 'एक्सरे'को आवश्यकता नपर्ने, सेन्सरले नै बताउनेछ हड्डीको अवस्था

गर्मीमा छालालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

प्रतिक्रिया