अन्तर्राष्ट्रिय नेपाली समाज जर्मनीको अध्यक्षमा सुमन बस्नेत
काठमाडौँ : अन्तर्राष्ट्रिय नेपाली समाज जर्मनीको राष्ट्रिय कार्यसमितिको अध्यक्षमा सुमन बस्नेत चयन भएका छन् । बुधबार भर्चुअल रूपमा सम्पन्न समाजको भेलाले बस्नेतलाई अध्यक्षमा चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा बिनोद ढकाल र उपाध्यक्षहरूमा मुना कार्की र राधा गौतम चयन भएका छन् ।
महासचिवमा विकाश सुवेदी र सचिवहरूमा प्रदीप परियार, अमृत लामिछाने चयन भएका छन् । समितिको कोषाध्यक्षमा पशुपति तामाङ , सह-कोषाध्यक्षमा टीकाराम बस्याल चयन भएका छन् । सदस्यहरूमा कृष्ण क्षेत्री, कपिल कार्की, मुन कुमारी गुरुङलगायत छन्। नवगठित कार्यसमितिले मोहन बहादुर कार्की, हुमनाथ ढकाल र भरत चलाउनेलाई सल्लाहकारको रूपमा चयन गरेको छ ।
कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले सबैसँग सहकार्य गर्दै संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको बताए । गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष हरि न्यौपानेले अन्तराष्ट्रिय नेपाली समाजले संसारभरीका नेपालीलाई जोड्ने विश्वास व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि कवि तथा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला ( प्रदीप कुमार राई) ले शुभकामना दिएका थिए ।

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर…

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

प्रवासी नेपालीको आवाज सशक्त रूपमा उठाउँदै सन्तोष कुँवर,मिसन सहित लागे एनआरए…

जापानमा नेपाल पभिलियन भोलि देखि खुला हुँदै

प्रतिक्रिया