महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकारमा विशेष छुट

काठमाडौं– महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना केबुलकारप्रयोग गर्दा विशेष छुट पाउने भएका छन् । बैंकले केबुलकार कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ यस्तो योजना ल्याएका हो । मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रा. लि. सँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १०% को आकर्षक छुट प्राप्त गर्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया