तीन वर्षदेखि रुबिमा बाँचिरहेकी जसिता

काठमाडौँ- नायिका जसिता गुरुङले आफ्नो तेश्रो प्रोजेक्टको रुपमा फिल्म ‘आई एम ट्वान्टी वान’मा काम गरिन् । यो फिल्मको छायांकन भएको ३ वर्ष भैसकेको छ । यसपछि जसिताले एक रियालिटी सोको निर्णायक भएर काम गरिसकेकी छिन् ।
तर, जसितालाई ‘रुबि’ पात्रले अझै पनि छाड्न सकेकी छैनन् । सार्वजनिक कार्यक्रममा समेत जसिता ‘रुबि’ पात्रकै गेटअपमा हिड्ने गरेकी छिन् । फिल्मकी निर्देशक रेनशा वान्तवा राईले ‘आई एम ट्वान्टी वान’का लागि जसिताले ३ वर्षको समय दिएको बताइन् । भनिन्–‘कुनै पनि कलाकारले ३ वर्षसम्म एउटै प्रोजेक्टका लागि समय दिनु सामान्य कुरा होइन । जसिताले रुबि पात्रमा आफूलाई जिउनका लागि निकै मिहिनेत गरेकी छिन् ।’
आखिर, जसितालाई रुवि पात्रले यति धेरै किन छोएको होला ? जसिता भन्छिन्–‘म आफैसँग सपना देख्छु । फिल्ममा पनि रुबि यस्तो एक पात्र हो, जसले आफू भित्र नै सपना देख्छे । यसैले, मसँग रुबि नजिक छिन् । म रुबिलाई कहिले पनि छाड्न सक्दिनँ ।’
जसिताले ‘सुपर डान्सर’ नामक रियालिटी सोको निर्णायक भएर काम गरिन् । फिल्मको कथामा पनि आफूले गरेको मिहिनेत जस्तै यो रियालिटी सोमा पनि प्रतिस्पर्धीले गरेको मिहिनेतले आफूलाई भावुक बनाएको उनको अनुभव छ । उनी भन्छिन्–‘म सुपर डान्सरका बाबु नानीहरुसँग धेरै पटक रोएकी छु । किनकि, मैले आई एम ट्वान्टी वानमा त्यही पात्र बाँचेको छु, जुन सुपर डान्सरका प्रतिस्पर्धीले बाँचेका थिए ।’
जसिताले आगामी दिनमा आफूले जति फिल्ममा काम गरेपनि ‘रुबि’ सधै आफ्नो मनमा बस्ने बताइन् । वैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको फस्टलुक, टिजर र गीत सार्वजनिक भएको छ । ‘रुबि’ पात्रको अझै पनि भूमिका खुलिसकेको छैन । आगामी दिनमा यो पात्रको चरित्र खुल्दै जादा दर्शक झनै उत्साहित हुने जसिताको भनाइ छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया