काठमाडौँ महानगरले अब सबै सेवा एकै ठाउँबाट दिने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अबदेखि एकै ठाउँबाट सबै सेवा प्रवाह गर्ने भएको छ । महानगरले काठमाडौँ प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग सम्झौता गरेपछि सबै सेवा एउटै भवनबाट प्रवाह गर्ने भएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल ट्रष्टसँग महानगरले काठमाडौं प्लाजा १० वर्ष भाडामा लिने सम्झौता गरेको छ। सम्झौतामा पाँच वर्षमा १० प्रतिशतले भाडा वृद्धि हुने उल्लेख छ ।
महानगरका सूचना अधिकारी बसन्त आचार्यका अनुसार महानगरमा १६ विभाग छन्। सबै विभागले हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन्।
छरिएर बसेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न महानगरले प्लाजा भाडामा लिएको हो। करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको ७ तले भवनमा महानगरको सबै कार्यलयहरू एकै ठाउँमा हुनेछ।
२०७२ को भूकम्पअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ । वातावरण विभाग टेकुमा, राजश्व विभाग बबरमहलमा, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रिय सभा गृहमा गरी विभिन्न १० स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया