घर,सटर र गोदाम भाडा मिनाहा गर्न व्यापारीकाे आग्रह

जनकपुरधाम : जनकपुरधाम उद्योग बाणिज्य संघले कोभिड संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जारी निषेधाज्ञा अवधिभरिको उद्योगी व्यवसायीसँग घर, सटर र गोदाम भाडा मिनाहा गर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष जितेन्द्र महासेठ र महासचिव मनोज साहले एक विज्ञप्ति जारी गरी निषेधाज्ञाको कारण बजार बन्द रहेको अवधीको पसल, सटर र गोदामको भाँडा मिनाहा गर्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा निषेधाज्ञालाई निर्विकल्प नबनाउन आग्रह गर्दै अति आवश्यक प्रकृतीका पसलहरु सुरक्षा सतर्कतासहित खोल्न वातावरण बनाउन तीन वटै तहका सरकारसँग मांग गरिएको छ ।
निषेधाज्ञामा सबभन्दा बढी मार उद्योग व्यवसाय नै पर्ने भएको हुनाले बैंकको ऋण ब्याज मिनाहा गराउन मांग गर्दै संघले निषेधाज्ञाले पर्ने असरप्रति ध्यान पुराउन समेत सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
यसका साथै जनकपुरधाम प्रादेशिक अस्पतालमा अपुग रहेको दरबन्दी तत्काल पदपुर्ति गर्न गराउन दबाद दिने, मनिपाल अस्पताललाई विलम्व नगरी तुरन्त कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउनु पर्ने र प्रदेश सरकारले स्वास्थ्य संकटकाल घोषणा गरि निजि अस्पतालको केही भागमा कोभिड सेवा सुरु गर्न गराउन पहलकदमी लिन पनि माग गरिएकाे छ ।
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया