काठमाडौं महानगरले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौंमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलनमा सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरी ४ सय ५० पालिकाबाट सहभागिता हुने महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
स्थानीय विवाद निरूपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त भएका सफलता, भोगेका समस्या र चुनौती सम्बन्धी अनुभव सिकाइ र भोगाइ आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको उनले बताइन् । सम्मेलनको पहिलो दिन विभिन्न चार वटा मुख्य कार्यपत्रको प्रस्तुति हुने र दोश्रो दिन विवाद निरूपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने डंगालले जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख डंगोलले स्थानीय विवादहरू नजिकैको सरकारी कार्यालयहरूमा मेलमिलापका माध्यमबाट समाधान गराउनका लागि काठमाडौं महानगरले आवश्यक कानुन तर्जुमा गरेर राजपत्रमा प्रकाशित गरिसकेको जानकारी दिइन् । जारी भएका कानुनी प्रबन्धको कार्यान्वयन गर्दै सबै वडामा महिला सञ्जाल गठन भइरहेको उनले बताइन् ।
न्यायिक समितिमा आउने धेरै विवादहरूमा बहाल र कोठा खाली गराउने विषयका छन् । उक्त विषयलाई व्यवस्थापन गर्न महानगरले घरबहाल व्यवस्था निर्देशिका जारी रहेको महानगरले जनाएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया