'यतिका वर्ष अनागरिक भयौँ सरकार अब नागरिकता माग्न कहाँ जाऊँ ?'

सुर्खेत- बाल्यकालमै परिवारका सदस्यसँग मजदुरीका लागि कालापहाड जानु नेपालीको बाध्यता हो । त्यही बाध्यताको कसीमा कसिएका धेरै मध्येका एक चन्द्रबहादुर शेर्पा हुन् । बालक अवस्थामा आमासँग भारत गएका उनी अहिले ५५ वर्षका भए । आजसम्म पनि न त उनको जन्मदर्ता छ, न त नागरिकता नै । नेपाली नागरिक भएर जन्म लिए पनि अहिलेसम्म उनी अनागरिक जस्तै बनेका छन् । सानैमा बुबा गुमाएका चन्द्रबहादुर आमासँग कालापहाड गएका थिए ।
कालापहाड पुग्दा आमाले अर्कैसँग बिहे गरेपछि उनी बिचल्लीमा परे । उनको कालापहाडमै काम गर्न पुगेका पश्चिम दैलेखका सरुने सुजी लगायतसँग भेट हुन पुग्यो । उनीहरूले सँगै काम लगाए । चन्द्रबहादुर हर्कंदै गए । अन्तः पश्चिम दैलेखका गगने र उनका साथीहरू घर फर्किनुपर्ने भयो । कालापहाडमा चन्द्रबहादुर एक्लै थिए । बिरानो त्यो भूमिमा उनको बुवाआमा कोही थिएनन् । आफन्तहरू हुने कुरै थिएन ।
सरुने सुजीको टोली फर्किने भएपछि लामो समयसँगै काम गरेका र आमाबुबा जे भने पनि उनै सरुने सुजी र उनको टोली थियो । सरुने सुजी र उनको सबै टोली नै घर फर्किने कुराले चन्द्रबहादुरलाई एक्लो हुने चिन्ताले पिरोलिरहेको थियो । चन्द्रबहादुरलाई सरुने सुजीले आफैँसँग घर लैजाने निधो गरे । सरुनेसँगै नेपाल फर्केका चन्द्रबहादुरले अहिलेसम्म नागरिकता बनाउन सकेका छैनन् । उमेरले ५५ वर्ष पुगे पनि अहिलेसम्म उनी अनागरिक भएर बसेका छन् ।
ठाटीकाँध गाउँपालिका–३ भुवाखाडामा बसोबास गर्ने उनीसँग जन्मदर्ता नै छैन । श्रीमती गगनी विकको भने माइतबाट बनाएको नागरिकता छ । तर, चन्द्रबहादुरको नागरिकता नहुँदा विवाह दर्ता समेत हुन सकेको छैन । जसका कारण उनीहरूका ६ सन्तानकाे न जन्मदर्ता बनेको छ न त नागरिकता नै ।
परिवारै अनागरिक सरह बाँच्नुपरेको गगनी विक बताउँछिन् । 'श्रीमानको नागरिकता र बालबच्चाको जन्मदर्ता बनाउन वर्षौंदेखि धेरै प्रयास गर्यौं । न श्रीमानको नागरिकता बन्यो न त बालबच्चाको जन्मदर्ता नै,’ गहभरी आँसु पार्दै उनले भनिन्, ‘जन्मदर्ता नहुँदा बालबच्चाको नाम स्कुलमा लेखिँदैन । बालबच्चाले पढ्न नपाएको पीडा सम्झिँदा मन भक्कानिन्छ ।’
उनीहरूको परिवारले जन्मदर्ता तथा नागरिकता पाउन ३५ वर्षदेखि संघर्ष गरिरहेका छन् । तर, पनि नागरिकता पाउन सकेका छैनन् । वर्षौंदेखि वडादेखि पालिकासम्म पटकपटक धाउँदा पनि आफ्नो पीडा कसैले नसुनेको उनको परिवारको गुनासो छ । नागरिकता र जन्मदर्ता बनाउन विभिन्न बहानामा वडा कार्यालय नै बाधक बनेको गगनीले बताइन् ।
बालबालिका शिक्षाबाट वञ्चित
शेर्पा दम्पती र उनका सन्तान नागरिकता र जन्म दर्ता मात्र नभएर उनीहरूका सन्तान शिक्षाबाट समेट वञ्चित हुँदै आएका छन् । दुई छोरी पवित्रा र दीपाको विवाह भइसकेको छ । तर, उनीहरूले पनि विवाह दर्ता बनाउन सकेका छैनन् । अर्की छोरी दुधा १३ वर्षकी पुगिन् । १६ वर्षीय छोरा जीवन, १२ वर्षीय राजन र १० वर्षीय सुनीलले पनि न जन्मदर्ता बनाउन पाएका छन् न त पढ्नै पाएका छन् । उनीहरूको जन्मदर्ता नहुँदा शिक्षाबाट समेत वञ्चित हुँदै आएका छन् ।
आफ्नो नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता र विवाह दर्तासमेत बनाउन नसकेको भन्दै गहभरी आँसु झार्दै गगनीले भक्कानिँदै आफ्ना बेदना पोखिन् । गहभरीका आँसुलाई एक छेउ लगाउँदै गगनीले आफ्ना सन्तानको पठनपाठनमा पनि उस्तै समस्या भएको बताइन् । 'यतिका वर्ष अनागरिक भयौँ सरकार अब नागरिकता माग्न कहाँ जाऊँ ?' गगनीको प्रश्न थियो ।
नागरिकता दिलाइदिनका लागि स्थानीय सरकार र आफूले निर्वाचित गराएर पठाएका नेताहरूसमक्ष नपुगेका होइनन् । सबै सामु जति हारगुहार गर्दा पनि कसैले चासो नदिएको उनको दुखेसो छ । छिमेकीका सन्तान उच्च शिक्षा पढ्न जाँदै गर्दा आफ्ना सन्तानले पढ्न नपाउँदाको पीडाले रातदिन सताउने गरेको गगनीले बताइन् ।
‘नागरिकता नहुँदा रोजगारी समेत कसैले दिँदैन । परिवारको छाक टार्नै हम्मेहम्मे परिरहेको छ,’ उनले भनिन् ।
यो दम्पतीका सन्तान सरकारी विद्यालयमा पढ्न न्यूनतम सेवासुविधाबाट समेत वञ्चित हुँदै आएका छन् । घरनजिकै जन आधारभूत विद्यालयमा औपचारिक भर्ना नभए पनि सबैले कक्षा ५ सम्म पढेको कान्छी छोरी दुधाले बताइन् । ‘आफूभन्दा सानाहरू माथिल्लो कक्षामा जाँदा आफू उहीँ कक्षामा बसेर पढ्नुपर्दा जेठी र माइली दिदीले पढाइ छोड्नुभयो,’ उनले भनिन् ।
शेर्पाको जन्मघर कहाँ हो भनेर नखुलेको ठाटीकाँध– ३ वडाध्यक्ष भरतबहादुर बम बताउँछन् । उनका अनुसार बुबाआमा वा घरपरिवारका कुनै पनि सदस्यको पहिचान नहुँदा समस्या भइरहेको छ । यो परिवारलाई जन्मदर्ता, नागरिकता दिलाउन आफूले जिल्ला प्रशासन कार्यालय धाइरहेको वडा अध्यक्ष बमले बताए । जिल्ला प्रशासन कार्यालयमा जाँदा कर्मचारीले बाटोमा हिँड्ने जो कोहीलाई नागरिकता दिन नसकिने जवाफ दिने गरेको समेत उनले बताए ।
यी बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारले चन्द्रबहादुरलाई नागरिकता दिएर सन्तानको पनि जन्मदर्ता बनाउनुपर्ने जन आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्रबहादुर शाही बताउँछन् । श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

२८ लाख धरौटी बुझाएर मध्यराति दुर्गा प्रसाईं छुटे

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_YtExmyvmgc_rmisj4w8d1citrvft3io7lhrwobydtu6oy2jjfzlbbw805qvf2taxxapr011.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_kYng1rjaEZ_mudmpihnlh827qnx7kynhcuiy0wn8tkpahmpcg5udysp55afncfw2x1rdcjs.jpg)
महाकालीमा पानीको प्रवाह घट्यो

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते

प्रतिक्रिया