बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धराशायी हुन्छ : अध्यक्ष मल्ल

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धराशायी हुनसक्ने बताएका छन् ।
बिहीबार नेपाल-इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धराशायी हुनसक्ने बताएका हुन् । उनले बैंकको ब्याजदर कम नभए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने उल्लेख गरे ।
अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिनका लागि सरकारले फास्ट ट्रयाकमा ब्याजदर कम गर्नैपर्ने तर्क राखे । उनले आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोबारले थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको बताए ।
मल्लले बजारमा तरलता अभावका कारण उद्योगी व्यवसायीको आर्थिक संकट निस्तेज पार्नका लागि डिजिटलाइजेसन र नगद कारोबारमा जानुपर्ने आवश्यकता रहेको बताए । उनले बैंकहरूले लिने कर्जाको प्रिमियम दरमा समेत व्यवसायीहरूमाथि पक्षपात गरिरहेको आरोप लगाए ।
उनले नेपालमा इटालीको आवासीय राजदूतावास बन्न नसक्दा दुई देशबीचको व्यापार विस्तार हुन नसकेको बताए । उनले सरकारले दुई देशबीच व्यापार बढाउनका लागि इटालीको आवासीय राजदूतावास नेपालमा खोल्न पहल गर्नुपर्ने बताए ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया