‘प्रकाश’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका प्रदीपलाई गगनको बधाइ

काठमाडौँ - नजिकका फिल्मकर्मीले हत्ते गरेर बोलाएपछि फिल्म हेर्न गएर फिल्मकर्मीको हौसला बढाउनेबाहेक बाँकी समय राजनीतिकर्मी चलचित्रका उपलब्धिका समयमा खासै बोल्दैनन् । नेपालले हरेक वर्ष विदेशका फेस्टिभलमा गएर केही न उपलब्धि हासिल गरिरहेकै हुन्छ तर ती खबर नेताको प्राथमिकतामा विरलै परेको सुनिन्छ ।
तर काठमाडौँमा भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘प्रकाश’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका प्रदीपलाई नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा बधाइ दिएका छन् । उनले फेसबुकमा प्रदीपसँगको फोटो राख्दै प्रदीपले उत्कृष्ट अभिनेताको अवार्ड जितेको खबर सुन्दा सँगै बसेर ‘प्रकाश’ हेरेको सम्झना आएको बताएका छन् ।
गत मंसिर ४ मा भएको संसदीय चुनावमा प्रदीपले गगन थापाको प्रचारलाई सघाएका थिए । त्योभन्दा अघि गगनले काठमाडौँको विश्वज्योति हलमा प्रदीप अभीनित ‘प्रकाश’ केही समय हेरेका थिए ।
प्रदीपले औँलाभर सहभागी नेपाली फिल्मबीचको प्रतिस्पर्धामा उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । तर पहिलोपल्ट उत्कृष्ट अभिनेताको अवार्ड जितेकाले प्रदीप उत्साहित छन् । यसमा गगनको शुभकामनाले सुनमा सुगन्ध थपेको छ । तर गगन थापाले नेपाललाई अन्तर्राष्ट्रिय फेस्टिभलमा पहिचान दिलाउने फिल्म र फिल्मकर्मीलाई नै पनि यसरी शुभकामना दिन चाहिँ नबिर्सिउन्, यही कामना गरौँ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया