धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव २०७९ सुरु

कैलाली । विश्व नेपाली नारी साहित्य महोत्सव २०७९ आजदेखि धनगढीमा सुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उदघाटन गरेका छन् ।
"साहित्य, कला, संस्कृति र समग्र सुदुरपश्चिमको पहिचानलाई उजागर गरौ ! धनगढीलाई बौद्धिक बहस र चेतनकाको सहरका रूपमा स्थापित गरौ !" भन्ने मुल नाराका साथ आजबाट सुरु भएको महोत्सव चैत्र १३ गतेसम्म आयोजना हुने छ ।
महोत्सवमा अमेरिका, भारत, बर्मा र नेपालका गरि करिब २०० साहित्यकारहरुको सहभागिता रहने आयोजक सुदुरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयले बताए ।
साहित्य महोत्सवमा राजेन्द्र बिमल, झमक कुमारी घिमिरे, डाक्टर नवराज लम्साक, धुर्व भट्टराई, अनुराधा कोइराला, युवराज नयाँघरे, सनत रेग्मी, सुभद्रा प्याकुरेल, डाक्टर गीता क्षेत्री, प्रभा बराल, डाक्टर सावित्री कक्षपती, बबिता बस्नेत, डाक्टर रेणुका सोलु लगायतले साहित्यिक छलफलमा सहभागिता जनाउने अध्यक्ष पाण्डेयले बताए ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_huiddz79oS_frrolo4eqakxv5mwjtz0smrx1thziyzegyudvqdsx7jograaa1trqrvi2zzy.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया