लेस्टरलाई उसकै मैदानमा हराउँदै न्युक्यासलको रवाफिलो जित
काठमाडौँ: इंगलिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले लेस्टर सिटीलाई उसकै मैदानमा हराएको छ । शुक्रबार राती भएको खेलमा न्युक्यासलले लेस्टरलाई उसकै मैदानमा ४-२ गोल अन्तरले पराजित गरेको हो ।
न्युक्यासललाई जिताउन सेलुम विल्सनले दुई तथा जोसेफ विलक र पउल डुमेटले एक एक गोल गरे । लेस्टरका लागि मार्क अलब्राइटन र केलेची इहिनाचोले गोल गरेपनि हार टार्न सकेनन् । हारपछि पनि लेस्टर ३५ खेलबाट ६३ अंकसहित लिगको तेस्रो स्थानमा कायमै छ ।
जित निकालेको न्युक्यासल भने समान खेलबाट ३९ अंकसहित लिगको १३ औँ स्थानमा छ । यस वर्ष ३४ खेलबाट ८० अंक जोडेको म्यानचेस्टर सिटीले लिग जित्ने सम्भावना बलियो बनाएको छ । उसले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग १३ अंकको अग्रता लिएको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया