जिम्बाबेविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानका अबिद र अजहरको शतक
दोस्रो विकेटका लागि २३८ रनको साझेदारी
काठमाडौँ : जिम्बाबेविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा पाकिस्तानका दुई जना शीर्ष वरियताका ब्याट्सम्यानले शतक बनाएका छन् । हरारेमा टस जितेर ब्याटिङ सुरु गरेको पाकिस्तानले पहिलो दिनको खेल सकिदा दुई शीर्ष वरियताका ब्याट्सम्यानको शतकमा ४ विकेट गुमाएर २६८ रन बनाएको छ ।
उसका लागि ओपनर अबिद अलि नटआउट ११८ रन बनाएर क्रिजमा छन् । यस्तै अजहर अलि १२६ रन बनाएर आउट भए । शतक बनाउँदा समान १७ चौका प्रहार गरेका दुबै ब्याट्सम्यानले दोस्रो विकेटका लागि २३८ रनको साझेदारी गरेका थिए ।
१२ रन बनाउँदा पहिलो विकेटका रुपमा इमरान बटलाई गुमाएको पाकिस्तानले दोस्रो विकेटका लागि अबिद र अजहरले २२८ रनको साझेदारी गरेका हुन् । अहजर अलि आउट भएपछि क्रिजमा आएका कप्तान बाबर अजाम र फावद आलम पनि टिकेनन् । उनीहरु क्रमशः २ र ५ रन बनाएर आउट भए ।
जिम्बाबेका ब्लेसिङ मुजाराबानीले ३ विकेट लिएका छन् । क्रिजमा अबिद अलिलाई साथ दिन सजिद खान आएका छन् । आज पाकिस्तानले ९० ओभरबाट दोस्रो दिनको खेल थाल्नेछ । पहिलो टेस्ट पाकिस्तानले जितेको छ ।
जिम्बाबे भ्रमणमा रहेको पाकिस्तानले यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज पनि २-१ ले जितेको थियो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया