अबको प्राथमिकता स्थिर सरकार : भट्टराई

सुर्खेत- नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले अबको प्राथमिकता स्थिर सरकार हुनुपर्ने बताएका छन् । अबको पाँच वर्ष स्थिर सरकार हुनुपर्ने उनको भनाइ छ ।
शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पार्टीको प्रशिक्षणका लागि आएका उनले पत्रकारसँग कुरा गर्दै स्थिर सरकारसँगै कानुन निर्माणमा पूर्णता दिनेमा जोड दिए ।
‘हामी अहिले मन्त्रिमण्डललाई पूर्णता दिन लागि परेका छौँ, त्यसपछि निरन्तर काम अगाडि बढ्छ,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य देशको गरिबी अन्त्य गर्ने, शिक्षालाई गुणस्तरीय बनाउने र देशलाई आर्थिक समस्याबाट निकास दिने हो ।' यसका लागि जनताले पनि अवसर पनि दिएको उनले औँल्याए ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले देशमा राजनीतिक, सामाजिक र आर्थिक अवस्था सही तरिकाले अघि नबढेको बताएका छन् । राजनीतिसँगै आर्थिक तथा सामाजिक अवस्था पनि खलबलिँदै गएको उनको भनाइ छ । माओवादीसँग एकता गर्न वार्ता टोली बनाएर छलफल जारी रहेको पनि उनले उल्लेख गरे ।
‘दुईवटा पार्टी मात्रै नभएर अरु कम्युनिस्ट दलहरूसहितको एउटा समाजवादी धारा निर्माण गर्नुपर्छ भन्ने पक्षहरू पनि छन्,’ भट्टराईले भने, ‘समाजवादी धार निर्माण गर्नेबारे पनि वृहत् छलफल भइरहेको छ ।’
अबको सरकार सुशासन र समृद्धिमा केन्द्रीकृत हुने पनि भट्टराईले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया