'विदेशबाट फर्किएका युवालाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुन्छ'

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् ।
शनिबार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरूलाई नेपाल फर्किएपछि सहज रूपमा उत्पादन लगायतका क्षेत्रमा परिचालन गर्न सक्ने मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताएका हुन् ।
स्वदेश फर्किएका नागरिकले देश विदेशमा हासिल गरेका अनुभवहरूलाई स्वदेशमा नै परिपक्व ढंगले सदुपयोग गर्नुपर्ने उनकाे भनाइ छ । ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सबै ठाउँमा एकताबद्ध भएर सामूहिक ढंगले समस्या बुझ्दै अघि बढ्न रिटर्नी फेडेरेशनलाई सुझाव दिए ।
दुई दिनसम्म चल्ने एमाले निकट विदेशबाट फर्किएका नेपालीहरूको संगठन रिटर्नी फेडेरेशन नेपालको राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने बताइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया