'ऐँठन' अब पाठकको हातमा

काठमाडौँ- चर्चित उपन्यास 'ऐलानी'का लेखक विवेक ओझा पाँच वर्षपछि नयाँ उपन्यास 'ऐँठन' लिएर आएका छन् । आज एक समारोहबीच द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले एकसाथ 'ऐँठन' सार्वजनिक गरिन् ।
पुस्तकका बारे बोल्दै सुमन अधिकारीले पुस्तकले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्ता माझ चिनाउने गरी लेखक ओझाले सजिव चित्रण गरेकाे बताए । साथै उनले राज्यले द्वन्द्व पीडितका भावनालाई राज्यले सम्बोधन नगरेका अवस्थामा यस पुस्तकले समेत घच्घच्याउने आशा राखेको उल्लेख गरे ।
राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले नेपाली युद्ध साहित्यले एक उम्दा कृति पाएको बताउँदै पुस्तकले गम्भीर पाठकलाई पुस्तकको प्रभाव सपनासम्म हुने उल्लेख गरे । पुस्तकमा केही दशकअघिको नेपालीले भोगेको द्वन्द्वको अकल्पनीय वर्णनले पाठकलाई बाँधेर राख्ने ताकत भएको उनको भनाइ थियो । साथै उनले युद्धमाथि लेखिएको भए पनि पुस्तकले प्रस्तुत गरेको मानवीय पक्षधरताले पुस्तकलाई सशक्त बनाएको बताए ।
कलात्मक लेखन र कल्पनाको विशाल संसार निर्माणले पाठकलाई अचम्मित पार्ने उनको भनाइ थियो ।
नेकपा माओवादीकी केन्द्रीय सदस्य चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने खालको साथ घटनाक्रमको सिलसिला मिलेको हुँदा पढ्न सहज भएको बताइन् । उनले लेखकको भाषाको सरलता र आञ्चलिक भाषा समेतको प्रयोग गर्ने कलाले आफूलाई प्रभावित बनाएको बताए ।
लेखकले सृजनशील स्वतन्त्रताको उपयोग गर्दै माओवादी जनयुद्धका बारेमा लेखे पनि माओवादी आन्दोलनप्रति निर्मम भएकामा भने आफ्नो असन्तोष व्यक्त गरे । तर, आफ्ना कथाहरू लेख्न विवेक ओझाका कृतिले प्रेरित गर्ने पनि उनको भनाइ थियो । पुस्तकको सशक्त पक्ष भने युद्ध लेखेर शान्तिको सन्देश दिनु रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा बोल्दै लेखक ओझाले बोल्नुभन्दा लेख्नु सहज रहेको बताए । लेखनमा केरमेट र सम्पादनको सुविधा हुँदा लेखकलाई लेख्न नै सहज रहने बताउँदै उनले पुस्तक कुनै बन्दुकधारीको पक्षबाट नलेखी निहत्था आम नागरिकको आँखाबाट लेखिएको बताउँदै पाठकले मन पराउने आशा व्यक्त गरे ।

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

प्रतिक्रिया